अत्तरिया चोकमा जडान गरिएको वाटर फाउन्टिङको चौतर्फी प्रशंसा

अत्तरिया – कैलालीको अत्तरिया चोकमा वाटर फाउन्टिङ जडान गरिएको छ । गोदावरी नगरपालिकाले चोकमा राखिएको राजा महेन्द्रको शालिक वरपर रहने गरी वाटर फाउन्टिङ जडान गरेको हो । उक्त वाटर फाउन्टिङले चोकको सुन्दरता बढेको छ ।

maya metro hospital

२०७५ सालमा चोकमा बिलबोर्ड राखिएपछि चोकको निकै आलोचना हुँदै आएको थियो । पछिल्लो समय चोकमा राखिएको बिलबोर्ड पनि हटाइएको छ । चोकमा अहिले ‘हाईमास्ट लाईट’ पनि जडान गरिदाँ रातिको समयमा पनि चोक झिलिमिली हुने गरेको छ ।

joshi vada pasal 2

नगरपालिकाले चालु आर्थिक बर्षको बजेटबाट चोकमा ‘हाईमास्ट लाईट’ जडान र वाटर फाउन्टिङ जडान गरेको हो । यी संरचना थपिएछि चोक अहिले सुन्दर बनेको छ । जसको नगरबासिले खुलेर प्रशंसा गरेका छन ।

सम्बन्धित समाचार 

व्यवस्थीत बन्दै अत्तरिया चोक

अत्तरिया चोकमा ‘हाइमास्ट लाईट’ जडान गरिएपछि झिलिमिलि बन्यो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.