यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको लगातार तेस्रो जित

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । पहिलो खेलमा कर्णाली र दोस्रोमा लुम्बिनीलाई पराजित गरेको सुदूरले आइतबार तेस्रो खेलमा गण्डकी प्रदेशलाई ११३ रनले स्तब्ध पार्यो ।

maya metro hospital

सुदूरपश्चिमले दिएको २१४ रनको लक्ष्य पन्छाएको गण्डकी ३२.५ मा एक सय रनमा अलआउट भयो । उसका गोविन्द विकले सर्वाधिक २२ रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहरा एक्लैले ६ विकेट हात पारे ।

joshi vada pasal 2

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.३ ओभरमा २१३ रनमा अलआउट भयो । उसका आकाश चन्दले ४०,कप्तान अनुराग सिंहले ३७ रन बनाए ।

गण्डकीका शुभाष भण्डारीले ३ विकेट हात पारे । यो जितसंगै सुदूरपश्चिम तीन खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । तीनै खेल हारेको गण्डकी भने पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.