धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

धनगढी – धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ । धनगढी रोतोपुल स्थित क्याफे सञ्चालनमा आएको हो । सञ्चालक सुवास शाहीले उक्त क्याफेको आइतबार सफ्ट ओपनिङ गरेका छन । जनवरी १ देखि क्याफेको भव्य उद्घाटन गरिने उनले बताए ।

maya metro hospital

सफ्ट ओपनिङको अवसरमा क्याफेमा क्याफेमा हाल हरेक आइटममा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । क्याफेमा सम्पूर्ण धनगढीमा नपाईने सम्पूर्ण बेकरी आइटम, केक, कफी, फास्टफुड आइटमहरु उपलब्ध छन् ।

joshi vada pasal 2

क्याफेमा फ्राइ राइस, मःम, चाउमिन, सेन्डविच, बर्गर, चिल्ली, पकोडा, चिप्स, मुस्ताङ आलु, फ्रेन्च फ्राइज, स्विट कर्न क्रेकर्स, चाउचाउ लगायत अर्डरअनुसारका सामाग्री उपलब्ध हुनेछन् । यस्तै बेकरी आइटममा ब्रेड, कपकेक, टेस्ट, बिस्कुट, कुकिज, रोल, डुनट्सलगायत आइटमहरु उपलब्ध हुनेछन् ।

यस्तै क्याफेमा कफी खादैँ पढ्न चाहेका लागि पुस्तकहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्याफेमा बर्थ–डे, एनिभर्सरी लगायत कार्यक्रम पनि आयोजना गर्न सकिन्छ । साथै क्याफेले होम डेलिभरीको व्यवस्था समेत गरेको संचालकले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.