बैतडी र दार्चुलामा समानुपातिकमा एमाले पहिलो

बैतडी – बैतडी र दार्चुलामा भएको समानुपातिक मत गणनामा एमाले पहिलो पहिलो दल बनेको छ । बैतडीमा प्रदेशसभा र दार्चुलामा प्रदेश र प्रतिनिधि सभामा एमाले ठूलो दल बनेको हो ।

maya metro hospital

बैतडीमा प्रदेश सभा सदस्य समानुपातिक तर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १३ हजार १०२ मत प्राप्त गरेर तेश्रो भएको छ । यस्तै राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत प्राप्त गरेको छ । प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् ।

joshi vada pasal 2

दार्चुलामा प्रदेशसभा सामानुपातिकमा ठूलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएको भन्दा बढी मतसहित पहिलो नै भएको छ । कांग्रेस दोस्रो स्थान र माओबादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

दार्चुलामा प्रतिनिधि सभा समानुपाति तर्फ खसेको ५८ हजार ९९१ मत मध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएको छ । सदर मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले २४ हजार ८८३ मत प्राप्त गरेको ।

यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत प्राप्त गरेको छ । नेकपा माओबादी केन्द्रले ८ हजार १९० मत प्राप्त गरेको छ । अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.