कञ्चनपुर – ३ मा रमेश लेखक भारी मतान्तरले निर्वाचित

विकास सिह महता /कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ मा कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५सय २३ र पालले १८ हजार, ४सय ४८मत पाएका छन ।

maya metro hospital
raunak fals and silling

अधिल्लो पटक ०७४मा लेखकले २६ हजार १०६ मत पाएका थिए । यस अघि (काँग्रेस–माओवादी) विच गठबन्धन हुँदा लेखकले ४ हजार ४१७ बढी मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रबाट १२ उम्मेदवार चुनावी मैदानमा थिए ।

joshi vada pasal 2

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २सय ७८, काँग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, काँग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत ल्याएका छन ।

उक्त निर्वाचन क्षेत्रमा ९७ हजार, ८सय २२मतदाता मध्ये कुल ५७ हजार ७५८मत खसेका थिए, जसमध्ये ५४ हजार ५९ सदर र ३ हजार ६सय ९९म वदर भएका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.