आरएन सर : बीबीएसका पोस्टर ब्वाए

धनगढी – स्नातक तेस्रो वर्ष अध्ययन गरिरहेकी देवकी धामीलाई प्लस टूका केही मिठा सम्झनाहरु भन्न लगाउँदा उनले आरएन सरलाई सम्झिईन । ‘सबैसँग उत्तिकै फ्रेन्डली, उहाँको क्लास कतिबेला आउछ भन्ने लाथ्यो । सरले अन्तिम घण्टीमा पढाउनुहुन्थ्यो तर पनि कोही विद्यार्थीलाई केही हतारो हुन्नथ्यो ।

maya metro hospital

क्लास खचाखच भरिएका हुन्थ्योे’ देवकीले भनिन्, ‘सरले गर्दा नै मैले एसपीएमै बीबीएस पढ्ने निर्णय लिए । अहिले पनि सरको क्लास उत्तिकै गज्जब लाग्छ । एक एक कुरा सम्झाई बुझाई पढाउनुहुन्छ । फ्रेन्डजस्तै भएर सोधेका कुरा सबै बताइदिनुहुन्छ ।’

joshi vada pasal 2

बीबीएसकी अर्की विद्यार्थी गोमा शर्माको अनुभव पनि देवकीको झै छ । आरएन सरले कक्षामा जुन फुर्ती, जोश जाँगरले पढाउनुहुन्छ, त्यसले सबै विद्यार्थी खुशी भएको उनले बताईन । ‘सरको कक्षामा ममात्रै होइन, कोही पनि विद्यार्थीहरु ‘बोर’ मान्दैनन ।

उहाँको इनर्जी साथ फुर्तीले विद्यार्थीहरु मज्जाले ध्यान दिएर पढ्छन्,’ गोमाले अनुभव सुनाईन् । विद्यार्थीहरुमाझ यही लोकप्रियताका कारण आरएन सर धनगढीको एसपीए कलेजको बीबीएस कार्यक्रमका ‘पोस्टर ब्वाए’ बनेका छन् । सोहीकारण आरएन सर सबैका प्यारा छन् । कतिपयलाई त उनको पूरा नाम रघुनाथ (आरएन) जोशी हो भन्ने पनि थाहा हुन्न ।

डेढ दशक बढी अध्यापनमा बिताएका आरएन सरले एकदशक एसपीएका हजारौं विद्यार्थीलाई ज्ञान बाँडिसके । धनगढीको सामान्य कलेजदेखि देशकै उत्कृष्ट कलेजसम्म एसपीएलाई पु¥याउन उनको भूमिका अग्रिणी छ । यसवर्षसँगै एसपीएले लगातार दुईपटक देशकै सर्वोत्कृष्ट कलेजमध्ये एकको अवार्ड पाएको थियो । त्यस्तै कलेजले वातावरणका क्षेत्रमा खेलेको भूमिकालाई लिएर अमेरिकामा भएको अन्तर्राष्ट्रिय अवार्ड नै पायो । सबैभन्दा ठूलो उपलब्धिका रुपमा त एसपीए अब क्यूएए पाउँने चरणमा छ । जसले विगतदेखि आरएन सरहरुले गरेको मिहिनेतको प्रतिफल झल्काउँछ ।

‘एक सामुदायिक स्कुल भाडामा लिएर सुरु भएको कलेज अहिले सुदूरपश्चिमकै ठूलो मध्येको एक बनेको छ,’ आरएन सर एसपीएसँगको यात्रा बताउँछन्, ‘२५ वर्ष इतिहास बिताइसकेको छ । त्रिवि तथा उमाविमा नेपाल टप विद्यार्थी निकालिसक्यो । उमाविले लगातार हामीलाई उत्कृष्ट नतिजा निकालेको भन्दै अवार्ड प्रदान गरेको थियो । एकदशक लामो उतारचढावपूर्ण यात्रामा यी मिठा पलहरु सम्झदा गर्व महसुस हुन्छ ।’
‘एसपीएमा अध्यापन तथा प्रशासनतर्फ १५० बढी जनशक्ति कार्यरत छन् । जसको मुख्य ध्येय नै विद्यार्थीहरुलाई कसरी अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरौं भन्ने हुन्छ’ आरएन सरले थपे, ‘त्यसैले हामी रातदिन क्युएए प्राप्तिका लागि लागिरहेका छौ । यथाशीघ्र छिटो क्युएए पाउँनेमा ढुक्का छौं ।’ क्याम्पस प्रमुख योगराज गौतमपनि आरएन सर डायनामिक प्राध्यापक भएको बताउँछन् ।

‘उहाँको बलियो शैक्षिक पृष्ठभुमी र उत्कृष्ट शिक्षण शैलीका कारण विद्यार्थी र प्राध्यापकबीच एकदमै लोकप्रिय हुनुहुन्छ,’ क्याम्पस प्रमुख गौतमले भने, ‘उहाँ राम्रो योजनाकार र सबैलाई मिलाउनसक्ने क्षमता भएको व्यक्ति हो । एकदमै भुईमान्छे भएर काम गर्ने, सत्य बोल्ने र खुला किताब जस्तै भएकाले उहाँ सबैका लागि उत्प्रेरक हुनुहुन्छ ।’ आरएन सरको सबैसँग उत्तिकै मिलनसार छन् । मनका लागेका कुराहरु भनिदि हाल्छन् । कुनै समस्या आएमा सबैले सम्झने पहिलो व्यक्ति नै उनै हुन् । लामो समयसँगै सहकार्य गरेका एसपीएका प्लस टू कार्यक्रम संयोजक रमेश जोशी, आरएन सम्मानित नाम भएको बताउँछन् ।

‘उहाँ खुलादिलको व्यक्तित्व हो । विद्यार्थीसँगको उहाँको विशेष अट्याचमेन्ट छ । विद्यार्थी जे समस्या पर्दापनि उहाँकहाँ लिएर जान्छन् । पठ्नपाठनमा उहाँको छुट्टै छवि छ,’ जोशीले भने, ‘सबैसँग मिल्ने, विद्यार्थीको असलमित्र जस्तो व्यवहार गर्ने, मनमा आएको कुुरा भनिहाल्ने र भएकाले उहाँ विद्यार्थीहरुमाझ लोकप्रिय हुनुहुन्छ ।’ एसपीए नीजी क्षेत्रको अग्रिणी संस्था हो । अनुशासनमा पनि त्यति टाइट । मार्केटका राम्रा राम्रा शिक्षक । प्रत्येक साल । विदेशी व्यक्तिहरु आएका छन् । किताबी ज्ञानमात्रै नभएर बाहिरी ज्ञान पनि दिइरहेका छौं ।

एसपीएको बीबीएस कार्यक्रम निर्देशक समेत रहेका उनी यस संकायमा विद्यार्थीको रुचि बढ्दै गएको र थुप्रै अवसरका क्षेत्रहरु रहेको बताउँछन् । ‘नेपाल विकाशोन्मुख देश हो ।

यहाँ उद्योग, कलकारखाना, बजार क्षेत्र विकास तथा विस्तार भइरहेका छन् । हाम्रै धनगढी पनि कहाँबाट कहाँ पुगिसक्यो’ उनी भन्छन्, ‘एउटा अस्पताल खुल्दा जति डाक्टरको आवश्यकता हुन्छ, लेखालगायत आर्थिक कारोबार सम्हाल्न कमर्स पढेको व्यक्तिको पनि त्यति नै खाँचो हुन्छ । बैंकिङ, ट्रेड, फाइनान्स जहाँपनि बीबीएसको स्कोप छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.