डडेलधुरामा ५६ प्रतिशत मत खस्यो

डडेलधुरा – ९१ हजार २ सय मतदाता रहेको डडेल्धुरामा ५६ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

maya metro hospital

मतदान सकिँदासम्म ५६ प्रतिशत मत खसेको तथ्यांक आएको छ मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने ‘अझै यकिन तथ्यांक आउन बाँकी रहेको छ ।’ जिल्लाका १ सय १ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका कुनैपनि मतदान केन्द्रमा कुनैपनि अप्रिय घटना नघटेको पनि मुख्य निर्वाचनअधिकृतले जानकारी दिएका छन् । ‘रातीअबेरसम्म सबै मतदान केन्द्रबाट तथ्यांक आएपछि मात्र कति प्रतिशत मत खस्यो यकिन तथ्यांक आउन सक्छ’ वाग्लेले भने ‘जिल्ला सदरमुकामदेखि ८० किलोमिटर दुर्गममा रहेका मतदान केन्द्रबाट अहिलेसम्म तथ्यांक आउन सकेको छैन ।’

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.