बाजुरामा गोली चल्दा १ जनाको मृत्यु

बाजुरा – बाजुरामा गोली चल्दा १ जनाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वर आधारभूत विद्यालय मतदानस्थलमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका सञ्जीव ऐडी रहेको जनाइएको छ । निर्वाचनको अन्तिम समयमा विवाद हुँदा प्रहरीले गोलि चलाएको थियो ।

maya metro hospital

झपडमा प्रहरीसहित ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार मतदान सकिने वेला तीन–चार सय जनाको समूहमा आएका स्थानीयले प्रहरी र निर्वाचन कर्मचारीमाथि आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

joshi vada pasal 2
indreni vansa ghar

स्थानीयले ढुंगामुढा गरेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका सहायक प्रवक्ता एवं एसएसपी दानबहादुर कार्कीले स्थानीयको आक्रमणमा प्रहरीसहित ७ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको कार्कीले बताए ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रवक्ता कार्कीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.