नेपाललाइ १७७ रनको लक्ष्य

अत्तरिया – युएई विरुद्धको एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध राम्रो बलिङ ग¥यो । युएईले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १७६ रन बनाउन सक्यो ।

maya metro hospital

युएईका तर्फबाट आयान अफजल खानले नटआउट ५४ रनको पारी खेले भने अलिसान सराफुले ३३ रन र रोहन मुस्तफाले २४ रन बनाए । युएईका ३ जना खेलाडी शुन्यको स्कोरमा आउट भएका थिए ।

joshi vada pasal 2

खेलको ३२ औ ओभरको पहिलो बलमा ९३ रनमा आफ्नो नवौँ विकेट गुमाएको युएईले त्यसपछि भने राम्रो कमब्याक गरेको छ । युएईका लागी खान र हजरत विलालले १० औ विकेटका लागी एकदमै उत्कृष्ट साझेदारी गरेर टिमलाई सम्मानजनक लक्ष्य दिलाउन सफल भए । खानले नटआउट रहदै ५४ रन बनाए भने उनलाई बिलालले २० रन बनाएर राम्रो साथ दिए ।

बलिङमा नेपालका तर्फबाट गुल्सन झा, दिपेन्द्र सिँह ऐरी र कुशल भुर्तेलले समान २÷२ विकेट लिए । अबको केही बेरमा नेपाल खेल्नेछ । यो खेल प्रतियोगीताको निर्णायक खेल पनि हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.