कैलाली–४ मा निर्वाचनका लागि १ हजार ७२ कर्मचारी परिचालन

अत्तरिया – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कैलाली – ४ मा १ हजार ७२ कर्मचारी परिचालन गरिने भएका छन । १३४ वटा मतदान केन्द्र रहेको कैलाली – ४ मा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो ।

maya metro hospital

जसअन्तरगत प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी ५ जना र कार्यालय सहयोगी १ जना रहने कैलाली – ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कडायतले बताए । उनले ति कर्मचारीलाई मंसिर १ गते भित्र आफु खटिएको मतदान केन्द्रमा अनिवार्य रुपमा उपस्थित हुन सूचना प्रकाशित गरिएको बताए ।

joshi vada pasal 2

हाल तोकिएका कर्मचारीले नियुक्ति पत्र, पारिश्रमिक तथा निर्वाचन सामग्री समेत बुझ्न बाँकी भएकाले मोहन्याल गाउँपालिका – ५ र चुरे गाउँपालिकामा खटिएका कर्मचारीलाई कार्तिक २८ गते, गौरीगंगा नगरपालिकामा खटिएका कर्मचारीलाई कार्तिक २९ गते र गोदावरी नगरपालिकामा खटिएका कर्मचारीलाई कार्तिक ३० गते गेटामा मेडिकल कलेज भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

मतदानका लागि कुनै ठाउँमा एउटै ४ वटा सम्म मतदान केन्द्र तोकिएका छन । गौरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको पशुपति मावि मंगलपुरमा ४ हजार ८२७, वडा नम्बर २ मा रहेको मालिका मावि चौमालामा २ हजार ३८, भागेश्वर आवि उदासीमा १ हजार ४२, वडा नम्बर ३ मा रहेको शिवनमूना आवि कुचैनीमा ९८४, जनजागृति आवि झिलमा २ हजार २९८, वडा नम्बर ३ को कालिका मावि राजिपुरमा ५ हजार १८७, वडा नम्बर ४ को मोहन्याल मावि अण्डौयामा ३ हजार १९८, वडा नम्बर ६ को अमर मावि बनबेहडामा ४ हजार ९०, वडा नम्बर ७ को सुनपाल पञ्च मावि ईन्द्रपुरमा १ हजार ९७२, सिंहासन आविमटकौनामा ९३८, जन सामुदायिक आवि महादेवामा १ हजार ५३, वडा नम्बर ८ मा रहेको जनप्रीय मावि लिक्मामा २ हजार ९३७, दुर्गा आवि चमारिपुरमा १ हजार २२, वडा नम्बर ९ को शिवालिक आवि साझाबजार मसुरियामा ३ हजार ५ सय, वडा नम्बर १० मा रहेको सरस्वती मावि उदासीपुरमा २ हजार ८२८, वडा नम्बर ११ मा रहेको भवानी मावि ऐठामा १ हजार २०६, कालिका आवि शिवपुरमा १ हजार ४०८ मतदाता रहेका छन ।

यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ को घण्टेश्वर मावि अत्तरियामा ३ हजार ३८४, गुहेश्वरी मावि बसन्तपुरमा ३ हजार ६९, वडा नम्बर २ को दुर्गालक्ष्मी मावि अत्तरिया दहलमा ३ हजार ४७२, कृष्ण आवि तेघरीमा १ हजार ६३६, वडा नम्बर ३ को ग्वासी मावि मालाखेतीमा १ हजार ८३८, नवज्याती आविमा ३ हजार ४१८, वडा नम्बर ४ को राष्ट्रिय मावि बास्कोटामा ३ हजार ४, दशरथ आवि गोदावरी बजारमा १ हजार ७५७, दुर्गा मावि हालखोलीमा ६२५, वडा नम्बर ५ को वडा कार्यालय भवनको मतदान केन्द्रमा १ हजार ५३३, सरस्वती मावि गेटामा २ हजार ५१३, वडा नम्बर ६ को शैलेश्वरी मावि बहेडामा ४ हजार ६३० जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै वडा नम्बर ७ मा रहेको चण्डेश्वरी आवि लालपुरमा ३ हजार २३३, वडा नम्बर १० कोशंकर आवि मालाखेतीमा ३ हजार ३४७, जानकी मावि सितापुर ओलानीमा १ हजार २१३, वडा नम्बर ११ को सरस्वती मावि ओलानी गौडीमा २ हजार ६१४, कैलाश आवि ग्वासीपुरमा १ हजार २८५, दूर्गा मावि कोल्मुडामा ९४३, शिव आवि ओलानीमा २ हजार ५३८ र ग्वासी समैजी आवि चाप सल्लिमा ५५७ मतदाता रहेका छन ।
वडा नम्बर ८ मा रहेको समैजी मावि मजगाउँमा ३ हजार २४७, शारदा मावि श्रीपुरमा २ हजार २१५, सरस्वती मावि सेहरीमा ३ हजार २४४, वडा नम्बर ९ को बल्मीमा १ हजार १०९ मतदाता रहेका छन ।

चुरे गाउँपालिका वडा नम्बर १ को भगवति आवि सायलमा ३९८, केदार मावि तुसारेपानीमा ६७३, मोहन्याल मावि निगालीमा ६९४, भैरव मावि अलाडमा १ हजार १४५, वडा नम्बर २ मा रहेको केदारेश्वर आवि खैरालामा ७०३, ककर सिंह आवि कडकिरीमा ३९६, वडा नम्बर ४ को समैजी आवि जगातीमा २९३, बस्नेत आवि गर्भामा ९४९, सुर्यमुखी आवि बालुवागडामा ४६०, वडा नम्बर ३ को वडा कार्यालय भवनको मतदान केन्द्रमा १ हजार १२७, समैजी आवि गगुडेनीमा १ हजार १३५, वडा नम्बर ५ मा रहेको शुत्र मावि खानीडाँडामा १ हजार ६३४, वडा नम्बर ६ को जनता मावि शातिनगरमा १ हजार २६९, मेलकटेश्वर मावि वयलामा १ हजार १३८, मोहन्याल गाउँपालिका वडा नम्बर ५ मा रहेको राष्ट्रिय मावि श्रीपुर पाल्सामा ६३३, मोहन्याल आवि कटौजेमा ८५७ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.