सुप समावेशी विद्यालयलाई खाद्यान्न सामग्री सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको जगन्नाथ जोशी परिवार बचत तथा ऋण सहकारी संस्थाले विद्यालयलाई करीब ८ हजार बराबरका खाद्यान्न सामग्री तथा शैक्षिक सामग्रीहरु सहयोग गरेको हो ।

maya metro hospital

स्वर्गीय महादेव जोशीको पुयण्तिथिमा सहकारीबाट विद्यालयलाई दाल, चामल, नुन, तेल, मसला लगायतका खाद्यान्न सामग्रीका साथै कामी, डटपेन लगायतका शैक्षिक सामग्रीहरु सहयोग प्राप्त भएको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए ।

joshi vada pasal 2

उनले विद्यालयमा रहेका अपांगता भएका बालबालीकाहरुका लागी सहकारीले उक्त सामग्री सहयोग गरेको बताए । उक्त सामग्री सहकारीका अध्यक्ष चन्द्र देव जोशी तथा स्वर्गीय महादेव जोशीका छोराद्धय केशवराज जोशी र हरिप्रसाद जोशीले विद्यालयकी अध्यक्ष गौरी भण्डारी र प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.