बर्दियामा लघुवित्तका समस्याका विषयमा अन्तरक्रिया

अत्तरिया – लघुवित्त वित्तिय संस्थाहरुका समस्याका विषयमा अन्तरक्रिया गरिएको छ । बर्दियाको हात्तिसारमा भुरिगाउँ लघुवित्त मिलन केन्द्रले लघुवित्तका समस्याहरु र त्यसका समाधानका लागी आवश्यक पर्ने रणनितिहरुका बारेमा लघुवित्त संस्थाहरुमा कार्यरत कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

maya metro hospital

केन्द्रका अध्यक्ष दिपक बोहराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बोल्दै डिप्रोक्स लघुवित्त वित्तिय संस्था ठाकुरद्धार शाखाका प्रबन्धक खेमराज ओझाले समाजको आर्थिक विकाशमा लघुवित्तहरुको महत्वपुर्ण भुमिका रहेको बताए । उनले आर्थिक समृद्धिका लागी नै लघुवित्त संस्थाहरुको जन्म भएको बताए ।

joshi vada pasal 2

उनले लघुवित्तहरुका समस्याको समाधानका लागी सबै लघुवित्त संस्थाहरु एक हुन जरुरी रहेको बताए । उनले समाजलाई गरिब उन्मुख बनाउने खालका योजनाहरुमा लघुवित्तहरु अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा २४ वटा लघुवित्तका ५० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.