विदेशीकै गुणगान कहिले सम्म

अक्टोबर अन्तिमतिर अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको फोटो अहिले सोसल मिडियामा भाइरल छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नै कितियाले खिचेका तस्वीर शेयर गरिदिएपछि सोसल मिडियामा चर्चा थप चुलिएको हो ।
सोहि विषयलाई लिएर सामाजिक सञ्जालमा फोटो सहित एउटा स्टाटस भाईरल बन्यो । त्यो हो ‘एउटा पत्रकार अमेरीकाबाट नेपाल आउछ, दुर्लभ हिउ चितुवाको फोटो संसारलाई देखाउँछ । नेपालको पत्रकार चै कस्को बुढी पोइला गयो, भेलुबाजे ले के खायो ? चाउमिन वाला ले के भन्यो भन्ने गहन खोज मै सिमित छन ।’

maya metro hospital

माथी उल्लेखित स्टाटस हजारौ नेपालीहरुले आ–आफ्नो सामाजिक सञ्जाल मार्फत शेयर गरेका छन । बिना अध्ययन अनुसन्धान नेपालीले गर्नै नसकेको काम बाहिरको पत्रकारले ग¥यो भन्दै नेपालीहरुले नै नेपाली पत्रकारहरुको खेदो खनेको सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । अमेरिकी फोटोग्राफरले संसारमै दुर्लभ मानिएको हिउँ चितुवाको फोटो सगरमाथामा खिच्नु नेपालको पर्यटनका लागि पनि शुभ खबर हो । यसका लागि कितिया तारिफकी हकदार छिन् । तर त्यो भन्दा दशकौ अगाडी नेपाली वाईल्ड लाईफ फोटो ग्राफर तथा फोटो पत्रकारहरुले त्यस्ता हजारौ फोटोहरु खिचेर नेपाल चिनाएका छन । त्यसलाई भाईरल गर्ने सामाथ्र्य नेपालीहरुले गर्न सकेनन् ।

joshi vada pasal 2

कितियाले खिचेको दुर्लभ हिउँचितुवाको फोटो नेपाली फोटोग्राफर तासीराज घलेले १६ वर्षअघि अर्थात् सन् २००६ मै खिचेका थिए । त्यसयतादेखि उनले २९ पल्ट हिउँ चितुवालाई आफ्नो क्यामेरामा कैद गरिसकेको जनाएका छन । त्यसैगरी अर्का फोटोग्राफर चुङ्बा शेर्पाले २ चोटी अन्नपुर्ण संरक्षण क्षेत्रमा पुगेर हिमचितुवाको फोटो खिचिसकेका छन । यसैगरी स्नो मंकीले पनि हिमचितुवाको फोटो खिचिसकेका छन । उनले करिब २२÷२३ पटक हिमचितुवाको फोटो खिचिसकेका छन ।

कितियाले जस्तै हिउँचितुवाका सुन्दर तस्वीरहरू नेपालका वाइल्डलाइफ फोटोग्राफरले यसअघि नै खिचिसकेका छन् । यसबाहेक अनुसन्धानकर्ता, पर्यटक र हिमाली क्षेत्रका स्थानीयले पनि हिउँ चितुवाको तस्वीरहरू नखिचेका होइनन् । हिम चितुवाको फोटो खिचेर भाईरल बनेकी कितियाजस्तै नेपाली फोटो ग्राफर भनौ या फोटो पत्रकारहरु भने भाईरल हुन सकेनन् । उनी भन्दा दशकौ अगाडी हिमचितुवाको फोटो खिचेका तासी आर घले, भाईरल बनेनन्, चुङबा शेर्पा भाईरल बनेनन् ।

हिउँचितुवाको फोटो पटक पटक खिचिसकेका नेपालीलाई नचिनेर एउटा अमेरिकी फोटोग्राफरले खिचेको सोही जनावरको फोटोलाई भाईरल बनाउने काम नेपालीहरुले गरेका छन । यसको मतलब नेपाली अर्काको गुणगानमा डुबिसकेका छन । विदेशीले सानो काम गरेको भएपनि भाईरल बनाउने नेपाली समाजले सोही काम नेपालीले गर्दा मतलब गरेको हुदैन् ।

राम्रो सँग अध्ययन अनुसन्धान नै नगरी नेपालका फोटो पत्रकारले हिउँ चितुवाको फोटो यसअघि खिच्न सकेनन् भन्दै सामाजिक सञ्जालमा बेईज्जत गर्नु निन्दनिय छ । राज्यको चौथो अंग मानिएको पत्रकारितालाई जानाजान बेईज्जत गराउन खोज्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.