चर्को ब्याजदर विरुद्ध धनगढीमा मौन प्रदर्शन

धनगढी – बैंकहरुले ब्याजदर बढाएको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघ बढाएको ब्याजदरको विरोधमा धनगढीमा प्रदर्शन गरेका हुन । व्याजदर बढ्दा व्यवसाय गर्न निकै समस्या भएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुले धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका थिए ।

maya metro hospital

उक्त विरोध प्रदर्शनमा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल समेत सहभागि रहेका थिए । हमार कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन ।

joshi vada pasal 2

मौन प्रदर्शनका क्रममा उनीहरुले बैंकको ब्याजदर एकल विन्दुमा कायम गर, ७ प्रतिशतमा लिएको ऋण १५ प्रतिशतमा कसरी तिर्नु लगायतका नारा लेखिएका थिए ।

मौन प्रदर्शनपछि पत्रकारहरु संग प्रतिक्रिया दिदैं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने अवस्थामा पुगेको भन्दै विरोधमा उत्रिनु परेको बताए । उनले चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.