अछाम १ का स्वतन्त्र उम्मेदवार नै एमालेमा प्रवेश

अछाम – अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै देवबहादुर कुँवर, मीनबहादुर कुँवर, राधिका भुजेल, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए ।

maya metro hospital

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका हुन् ।

joshi vada pasal 2

‘सत्य र शक्ति एमालेमा मात्रै छन्, आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा छन्’, उनले भने ‘मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव छ त्यसैले आजैबाट एमालेमा समाहित भए ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.