स्वरोजगार मेरो मुख्य एजेण्डा हो :  उम्मेदवार भट्ट

 

अत्तरिया – प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ । चुनावी मैदानमा होमिएका उम्मेदवाहरुले आफ्नो पक्षमा मत पार्नका लागी दौडधुप गरिरहेका छन । कैलाली क्षेत्र नं. ४ मा पनि चुनावको माहोल छाएको छ । विभिन्न राजनीतिक दलहरुले यहाँ आफ्ना हाईप्रोफाईल नेताहरुलाई उम्मेदवार बनाएका छन ।

maya metro hospital

राजनीतिमा हाईप्रोफाईल नेताहरुका बीच यस क्षेत्रबाट प्रदेश सभा ‘ख’ को उम्मेदवारका रुपमा नागरिक उन्मुक्ति पार्टीबाट कमल राज भट्टले उम्मेदवारी दिएका छन । भरखरै स्थापित पार्टीबाट चुनावी मैदानमा होमिएका भट्टले आफ्नो चुनावी एजेण्डामा स्वरोजगारलाई मुख्य प्राथमिकता दिएका छन । उनले नागरिकमा काम गर्नुपर्छ भन्ने भावना जागृत गराए स्वतः स्वरोजगार बन्न सकिने योजना अघि सारेका छन । उनका चुनावी एजेण्डा, प्रचारप्रसारको अवस्था र नागरिकमैत्री अन्य कुराहरुका बारेमा अत्तरिया खबर दैनिकले गरेको कुराकानीको सम्पादित अंश :

joshi vada pasal 2

१. चुनाव लागिसक्यो प्रचार प्रसारलाई कसरी अगाडी बढाउदै हुनुहुन्छ ?

हो, चुनाव नजिकै आईसक्यो । अहिले साथीभाईहरु बीच अन्र्तक्रिया गरेर, सामाजिक सञ्जालमा आफ्ना एजेण्डाहरुका बारेमा जानकारी गराएर तथा मतदाताका घरघरमै गएर चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छु । त्यसका साथै युवाहरुसँग भेटघाट पनि गर्ने गरेको छु ।

२. पुराना दलका ह्याबिवेट नेताहरुका बीच भरखरै स्थापित भएको पार्टीबाट तपाईले उम्मेदवारी दिनुभएको छ, प्रतिष्पर्धा गर्न कत्तिको सजिलो छ ? 

संगठनको हिसाबले यो क्षेत्रमा हामी कमजोर छौ, तर युवाहरुको साथ र सर्पाेट छ । विभिन्न ठाउँबाट युवा साथीभाईहरुले फोन गरेर बोलाउनुहुन्छ, हाम्रो उमेर समुहको प्रतिनिधित्व हुने भयो भनेर खुसी पनि हुनुहुन्छ । युवाहरुको साथ र सहयोगले गर्दा मेरो प्रतिष्पर्धा नै हुदैन जस्तो लाग्छ । मेरो जित निश्चित हुन्छ । प्रतिष्पर्धा भएपनि बाँकी अन्य दलहरुको होला ।

३. तपाईका जितका आधारहरु के–के हुन ?

जितको आधार मैले उठाएका मुद्धाहरु छन । मैले उठाएका मुद्धाहरु जनताका आधारभूत आवश्यकतामा पर्दछन् । शिक्षा तथा खानेपानीका कुराहरु भए निःशुल्क स्वास्थ्यका कुराहरु भए, त्यतिमात्रै नभई मेरो मुख्य एजेण्डा स्वरोजगारको कुरा छ । यी कुराहरुलाई मैले मुख्य रुपमा अगाडी सारेको छु । त्यतिमात्रै नभई सधै पुरानै पार्टी मात्रै किन हुने, म किन नहुने, नयाँ युवाहरु चाँही किन नआउने भन्ने युवाहरुको जागरुकताले पनि मलाई जिताउँछ ।

त्यसैगरी मेरो आफ्नो व्यक्तिगत  क्षविले पनि जितमा मलाई सहज तुल्याउनेछ । मैले हालसम्म विभिन्न संघसंस्थाहरु मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएको छु ।  त्यसका साथै मेरो उमेर समुह पनि हो । यो क्षेत्रमा सायद पहिलो पटक होला मेरो उमेर समुहका व्यक्तिहरु चुनावमा होमिएको । त्यसैले मलाई चुनाव जित्न खासै समस्या पर्दैन होला ।

४. तपाईका मुख्य–मुख्य एजेण्डाहरु के के हुन ?

सबैभन्दा पहिला चाँही पुराना राजनीतिक दलहरुले स्वाभिमानी बनाउने भन्दा पनि काम नगरी खाने हिसाबको बनाउन खोजेको छ । काम गर्ने वातावरण नबनाउने की जहाँ पनि बाड्ने वाला प्रवृत्ति मात्रै छ । त्यसका लागी मैले स्वरोजगार कार्यक्रमहरु ल्याउने योजना बनाएको छु । स्वरोजगारका लागि प्रारम्भीक पुँजी कोष स्थापना गर्ने सोच छ । मेरो मुख्य एजेण्डा नै स्वरोजगार हो । किनकी यहाँको अर्थतन्त्र चलाउन प¥यो नी । प्रदेश भनेको केन्द्रबाट पैसा आउँछ र त्यसलाई परिचालन गर्ने भन्ने मात्रै हैन नी । यो प्रदेशको पहिचान छ, यहाँका संस्कृतिहरु छन । सुदूरपश्चिमका मानिसहरु सबैभन्दा बढी गरिबीको रेखामुनी छन, अनि यहाँ अर्थतन्त्र चलायमान बनाउन परेन् । अर्थतन्त्र चलायमान बनाउन सके पो नागरिकको आर्थिकस्तर माथि उकास्न सकिन्छ । त्यतिमात्रै नभई युवाहरु विदेश जानका लागि तयार पारिएको जस्तो भाछ, त्यसैले स्वरोजगार चाँही मुख्य हो । स्वास्थ्य सेवाहरु भनेको बेला पाईदैन त्यसैले निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरिय शिक्षा, खानेपानी लगायतका कुराहरु मैले मुख्य रुपमा एजेण्डामा समावेश गरेको छु ।

५. पुराना दलका जस्तै एजेण्डाहरु समावेश गर्नुभएको छ, ति बाहेक कुन कुरामा तपाईको पार्टी फरक छ ?

हो तपाईले सही भन्नुभयो, हाम्रो पार्टीका एजेण्डा पनि अन्य पार्टीहरुका जस्तै छन । खासमा नागरिकहरुलाई आवश्यक पर्ने कुराहरु पनि शिक्षा, स्वास्थ्य, खानेपानी लगायत नै हुन् । तर अरु पार्टीले चाँही एजेण्डा मात्रै बनाउने हुन, हामी एजेण्डामा समावेश गरेका कुराहरु कार्यान्वयन गर्छाै । समग्रमा हाम्रो पार्टी र अरु पार्टीबिचको फरक पनि यही नै हो । हालसम्म सबै दलहरुले चुनावका समयमा आफ्ना एजेण्डामा समावेश गर्नका लागि मात्रै यस्ता कुराहरुलाई बाहिर ल्याउँछन, त्यसको कार्यान्वयन गर्दैनन् । तर हामी कार्यान्वयन हुने खालका विषयहरुलाई एजेण्डा बनाएर आएका छौ, कार्यान्वयन गर्छाै ।

६. नागरिक उन्मुक्ति पार्टी जातिय समूहको पार्टी हो भन्ने गरिन्छ, तपाईले रोज्नुको कारण चाँही के हो नी ?

मैले धेरै ठाउँमा भनी सके, यो प्रश्न किन आउँछ ? हामीले हाम्रो राष्ट्रिय गानमा पनि बहुभाषा, बहुजाती, बहुसंस्कृति भनेर गाउँछौ अनि चौधरी समुदायको मात्रै एउटा पार्टी भन्ने प्रश्न आउनु उचित होईन् । मैले यो पार्टी रोज्नुको कारण नयाँ अवसरका लागि पनि हो । अहिले पेन्सन पाउने उमेरका व्यक्तिहरु अन्य पार्टीबाट उम्मेदवार हुनुहुन्छ । त्यहाँ भएका युवा साथीहरु पनि निर्वाचनको समयमा टिकटका लागि दौडधुप गर्नुहुन्छ, तर निर्वाचनको समयमा एकताबद्ध आवाज भएर बस्न सक्नुहुन्न । म चाँही प्रगतीशिलता रोज्ने मान्छे । म एकै ठाउँमा निराश भएर बस्न सक्दिन । मलाई गतिशिलता चाहिन्छ । मलाई पार्टीले अवसर दिएको छ, यसको सदुपयोग गर्नुपर्छ भन्ने सोचेर मैले यो पार्टी रोजेको हुँ ।

७. मतदाताका घरदैलोमा भोट माग्न जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो त ?

एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौ । जनताहरु जुन अहिलेको कुशासन छ, भ्रष्ट्राचार मौलाएको छ, त्यसले आजित भैसकेका छन । मतदाताहरुले नयाँ मान्छेहरु, नयाँ सोचका साथ आवोस भन्ने चाहना राखेका छन, पुराना दल र तिनका उम्मेदवारहरु देखी वाक्क दिक्क भैसकेका छन । सबैले नयाँ र काम गर्न सक्ने अनुहारको  खोजी गरिरहेको छन, । त्यसमा हाम्रो पार्टीले स्वरोजगार, शुसासनको कुराहरुलाई अगाडी बढाएको छ । घरदैलोका क्रममा पनि मतदाताहरुले मलाई हौसला प्रदान गरिरहनुभएको छ । त्यसैले मतदाताहरुकै भरोसाका कारण मैले मेरो जित पनि निश्चित देखेको हुँ ।

८. अनि घरदैलोका क्रममा मुख्य गरी नागरिकका समस्याहरु के देख्नुभयो ?

प्रायःजसो ठाउँमा बाटोघाटोकै समस्या छ । त्यसपछि स्वास्थ्य, शिक्षा र खानेपानी छन । अझ भनौ, कुनै ठाउँमा त सिँचाई र बिजुलीको समेत समस्या छ । घरदैलोमा जादाँ सबैले मलाई आफ्ना यस्तै समस्याहरु दर्शाउनुभएको छ । मैले चुनाव जिते भने नागरिकका त्यस्ता समस्याहरु समाधानमा प्रतिबद्ध रहने कुरा म अवगत गराउन चाहन्छु ।

९. सुदूरपश्चिममा नागरिक उन्मुक्तिले कस्तो नतिजा ल्याउला ?

अरु भन्दा पनि हामी प्रदेश र संघ दुवैमा एउटा बलियो स्थानमा रहनेछौ भन्न चाहन्छु । किनकी हामीलाई समुदायगत मात्रै नभई सबै जनताको समर्थन छ । नयाँ पार्टी हो केही गर्छ भन्ने  नागरिकको बुझाई छ । हामीले नसकिने सपना पनि बाडेका छैनौ, जनताका आधारभुत मुद्धाका कुरा ग-या छौ । त्यसैले दुवै तहमा हामी बलियो स्थानमा रहनेछौ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.