लोकसंस्कृतिका पुस्तक विश्वविद्यालयमा पढाउन माग

धनगढी – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीका अवसरमा सांस्कृतिक पर्व ः गौरा पुस्तकको मंगलबार धनगढीमा विमर्श गरिएको छ । डा. वद्री शर्मा विनाडीले लेखेको सांस्कृतिक पर्व : गौरा पुस्तकको बारेमा चर्चा गर्दे प्रा. डा. हेमराज पन्तले डा. विनाडीको संस्कृति सम्वन्धी अनुसन्धान निक्कै महत्वपूर्ण रहको बताउँदै भविश्यमा पनि यस्ता अनुसन्धान जारी राख्न आग्रह गरे ।

maya metro hospital

सांस्कृतिक पर्व : गौराकै चर्चा गर्दे मदनपुरस्कारका विजेता रामलाल जोशीले सो पुस्तक जस्तै लोकसंस्कृतिमा लेखिएका पुस्तकलाई नेपालका विश्वविद्यालयका पाठ्यक्रममा समेट्नु पर्ने बताए ।

joshi vada pasal 2

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरेका डा. विनाडीले सो पुस्तक लेख्नुपूर्व गरेको अध्ययन, अनुसन्धानको स्मरण गरेका थिए ।

’विभिन्न जिल्लामा फरक तरिकाले गौरा पर्व मनाइन्छ,’ उनले भने, ’धेरै ठाउँमा दलित समुदायले गौरा मनाउनु हुन्न भन्ने मान्यता पनि छ । तर डडेल्धुराको अमरगढी नगरपालिकाको कडारा गाउँमा दलित समुदायले गौरा पर्व बृहतरुपमा मनाइने गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.