चाहिदैन हामीलाई फ्रि भिसा फ्रि टीकट (कविता)

गास बास कपास हामीलाई ।
हाम्रै देस चाहियो ।
प्रदेस मा प्रदेसि लाई
पाउन दुख पाईयाे।
फ्रि भिसा फ्रि टीकट चाहिदैन हामीलाई

maya metro hospital

बि पी काे सिद्धान्त चाहियो
मदन काे बिचार
प्रचण्डको परिवर्तन चाहियो
नेपाल भईहाल्छ ।
फ्रि भिसा फ्रि टीकट चाहिदैन हामीलाई

joshi vada pasal 2

हामीले भाेट दिदा दिदा
बर्ष भैग्या असि
नेपाल सामन्त बादी
खान्छन् बसि बसि
देसमै चाहियो राेजगारि
गाउँमा चाहियो बस्नु
सामन्ती काे सासन भित्र
अब कति फस्नु
फ्रि भिसा फ्रि टीकट चाहिदैन हामीलाई

आमा बुबा बाल बच्चा
जिवन सङ्गि साथी
किन दुख दिन्छौं नेता
यि गरिव माथि
सामसदका साँसद दाईत
पजेरो मा गुडी
हाम्रो नाम बेचि बेचि
भरे आफ्नै भुँडी
फ्रि भिसा फ्रि टीकट चाहिदैन हामीलाई

भ्रष्टाचार काे भुमरीमा
अब कति बस्नु
नाेटमा भाेट बिक्री गरि
छैन अब फस्नु
सचेत रहुँ जन्ता सबै
नेता छानाैँ राम्रो
साेचेर मतदान गराैँ
भाेट खेर न जाउ हाम्रो
फ्रि भिसा फ्रि टीकट चाहिदैन हामीलाई

भिम बिसी
कृष्णपुर नगर पालिका – ६ मौरिफाटा गजरौला, कञ्चनपुर
हाल भारत चेन्नै

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.