वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीको ‘चैरमुसी रान्चडी’ बजारमा

धनगढी – वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीको प्रस्तुति ‘चैरमुसी रान्चडी’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीको शब्द रहेको चैर मुसी रान्चडी नयाँ मेलोडीमा सङ्गीतकार भीम बिसिले सङ्गीत भरेका छन । उक्त गीत धनगढीमा रहेको चौलानी क्लबमा एक साङ्गीतिक कार्यक्रम बिच सार्वजनिक भएको हो ।

maya metro hospital

नेपाल आइडल रवि ओड, समीक्षा अधिकारी, भीम बिसी र कमल रेग्मीको आवाजमा सजिएको यो गीतको भिडियोमा भवानी रेग्मी र रेशम विष्टको नृत्य देख्न सकिन्छ ।

joshi vada pasal 2

२०४५ सालमा चैरमुसी चैरको गीतको क्यासेटले निकै चर्चा कमाएको थियो । गीत म्युजिक भिडियोलाई त्रिबेन्द्र कर्णले नृत्य निर्देशन गरेका छन् भने क्यामेरा तथा ड्रोन प्रकाश नागरीले गरेका हुन । उक्त भिडियोलाई सम्पादन भने पी आर जोशी (पदम) गरेका छन् । गीत भिडियो भिडियो नरेन्द्र राज रेग्मीको युटूबबाट बजारमा आएको हो ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.