भजनीका दर्जनौ घर डुवानमा

धनगढी – लगातारको वर्षाका कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिकाका दर्जनौ घर डुबानमा परेका हुन ।

maya metro hospital

नगरपालिकाको वडा नम्बर २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेका छन् । त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका हुन् । यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ ।

joshi vada pasal 2

वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ । डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानहरूमा प्रहरी टोलीहरू खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.