पञ्चेश्वरमा रहेको टेलिकमको टावरले काम गर्न छाड्यो

बैतडी – बैतडीको पञ्चेश्वरमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही हैरान भएका छन् । गाउँपालिकाको वडा नं १ सल्लामा रहेको नेपाल टेलिकमको टावरले विगत लामो समयदेखि काम गर्न छोडेपछि सेवाग्राही हैरान भएका हुन् ।

maya metro hospital

घाम लागेको दिन मात्रै काम गर्ने र बादल लागे टावर जाने गरेकाले समस्या भएको स्थानीय दिलीप चन्दले बताए । बादल लागेको र पानी परेको दिन टावरले काम नगर्ने भएपछि आफुहरु सञ्चार सेवाबाट बञ्चीत भएका उनले बताए ।

joshi vada pasal 2

टावरले काम नगर्दा सूचना आदानप्रदान गर्न समस्या भएको उनको भनाई छ । टावरमा आएको खराबीले नागरिकहरु सञ्चार सेवाबाट बञ्चीत भएकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न सम्बन्धित निकायलाई स्थानीय चन्दले आग्रह गरेक छन् ।

बैतडीमा सोलार प्यालनलबाट सञ्चालित टावरले मौसममा खराबी आउँदा काम नगर्ने भएकाले समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.