रक्त सञ्चार केन्द्रलाई भीमदत्त नगरपालिकाको पाँच लाख सहयोग

दोधारा चाँदनी – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई निःशुल्क रक्त सञ्चार सेवाका लागि रु पाँच लाख सहयोग गरेको छ ।
शुक्रबार भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन ।

maya metro hospital

नगरपालिकाले जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रलाई सहयोग गरेको उपप्रमुख जोशीले बताए । ‘हामीले रगत अभाव हुन नदिन सहयोग रकम उपलब्ध गराएका हौँ’ उनले भने ‘रेडक्रसलाई हरेक वर्ष रगत व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्छ ।’

joshi vada pasal 2

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका कार्यालय प्रमुख उप्रेतीले उक्त रकमले रक्त सञ्चार केन्द्रलाई ब्लड बैंक स्थापना गर्नका लागि सहयोग पुग्ने बताए । ‘गत वर्ष नगरपालिकाबाट रु चार लाख सहयोग पाएका थियौँ ।

यसपटक पाँच लाख सहयोग भएको छ’, उनले भने ‘नगरपालिकाको सहयोगले रक्त सञ्चार केन्द्रलाई धेरै सहयोग पुग्छ ।’ उनले रेडक्रसले रगतको अभाव हुन नदिनका लागि विभिन्न समयमा रक्तदान शिविरहरु आयोजना गरिराखेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.