कैलाली गठबन्धन : प्रतिनिधिसभाका ३ सिट कांग्रेस, २ सिट माओवादीको भागमा

धनगढी – सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड करीब–करीब टुंगिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ सिट बाँडफाँड करिब करिब टुंगिएको हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नं. १, ४ र ५ कांग्रेसले लिने र क्षेत्र नम्बर २ र ३ माओवादी केन्द्रले लिने सहमति भएको हो । प्रदेश सभातर्फ भने छलफल जारी छ ।

maya metro hospital

कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले सिट बाँडफाँटमा केन्द्रीय सहमतिविपरीत आफ्नो फरक मत राखेका छन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकअर्काको पूरक भएकोले संघसँगै प्रदेशको टुंगो लगाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘सिट बाँडफाँडको कुरा प्रतिनिधि सभाको मात्रै आउँदैछ । यो राम्रो होइन । प्रतिनिधि सभासँगै प्रदेशको पनि हुनुपर्छ । भोलिको दिनमा विद्रोह भयो भने यसको जिम्मेवार को हुन्छ ?’

lotus school

उनले कैलालीमा ४ वटा निर्वाचन क्षेत्र आफूहरुले पाउनुपर्ने माग राख्दै आएको बताए । निर्वाचन क्षेत्र नम्बर १ बाहेकका क्षेत्र काँग्रेसले पाउनुपर्ने उनको मत छ । क्षेत्र नं. १ को प्रदेश तर्फको क्षेत्र पनि कांग्रेसले पाउनुपर्ने माग राखेको बताए । तर भागबण्डामा क्षेत्र नम्बर १ कांग्रेसको भागमा परेको छ भने २ र ३ माओवादीलाई दिने केन्द्रीय समितिको खाका बनेको हो ।

attariya hospital

निर्वाचन क्षेत्र नं. १ नागरिक उन्मुक्ति पार्टीको आधार क्षेत्र भएकाले कांग्रेसले नचाहेको हो भन्ने प्रतिपश्नमा सभापति भटट्ले भने, ‘गबन्धनभित्र यो र त्यो छोड्ने भन्ने हुँदैन । सबैको सम्मानजनक अस्तित्वको ख्याल गर्नुपर्छ भन्ने हो ।’

कैलालीमा सिट नपाएपछि नेकपा एकीकृत समाजवादीले भने दुःख व्यक्त गर्दै बाँडफाँडलाई स्वीकार गरेर जाने बताएको छ । एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले आफूहरुले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ पाउनुपर्ने माग राखे पनि कांग्रेस र माओवादीले अहमता देखाएको आरोप लगाए । यद्यपि आफूहरु निर्णय मान्न तयार रहेको बताए ।

सिट बाँडफाँडप्रति माओवादी केन्द्रमा भने सन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका कैलाली समन्वय समिति संयोजक लाजुराम चौधरीले बाँडफँडप्रति आफूहरु सन्तुष्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.