सुदूरपश्चिमका केही स्थानमा आज पनि बर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापिय क्षेत्र अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित स्थानमा हल्का वर्षा भइरहेको छ ।

maya metro hospital

आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

lotus school

यस्तै, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.