डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२९ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२९ रुपैयाँ ०८ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २७ पैसा र खरिददर १२७ रुपैयाँ ६७ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो ।

bishal shuit house

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

joshi vada pasal 2

बुधबार अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस पोइन्ट (आधार विन्दु) ले बढाएपछि डलर बलियो बनेको हो । फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर थप ठूलो विन्दुले बढ्न सक्ने पनि संकेत गरेको छ । तसर्थ, आगामी दिनमा अमेरिकी डलर थप बलियो हुने अनुमान गरिएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.