भौतिक संरचनाको गुणस्तरमा ध्यान दिऔ

अहिले प्रायजसो भौतिक संरचनाहरु गुणस्तरहिन बनिरहेका छन । स्थानीय तह आएदेखि कार्यकर्तामुखी जनप्रतिनिधि बन्दा विकास निर्माणका कार्यहरुमा गुणस्तर कम भेटिन थालेको छ । विकास निर्माणको नाममा कार्यकर्ता पाल्ने मेसो बन्न थालेपछि विकास निर्माणका कार्य भएपनि केही दिन र महिनाका लागी मात्रै हुने गरेको पाईन थालेको छ ।

आज निर्माण गरेको भौतिक संरचना बढीमा बढी १/२ वर्ष टिक्ने र त्यसपछि फेरी सोही भौतिक संरचनाको मर्मतका लागी बजेट विनियोजन गरिनुपर्दा राज्यको रकम पनि दुरुपयोग भैरहेको छ । कुनै निश्चित कामका लागी बजेट विनियोजन गरिने र त्यसको निर्माणका लागी आफ्ना कार्यकर्ता वा नजिकका आफन्तहरुलाई समितिमा राखिने कार्यले गर्दा भौतिक पुर्वाधार निर्माण लगायतका तमाम विकास निर्माणका कार्यहरुमा आर्थिक हिनामिना हुने गर्दछ । निश्चित आकारमा प्राविधिकको ईस्टीमेट अनुसार छुट्याईने बजेटमा हिनामिना भएपछि त्यो काम सम्पन्न गर्न गुणस्तरहिन सामग्रीहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।

joshi vada pasal 2
bishal shuit house

खासमा भन्दा स्थानीय पालिकाका प्राविधिक वा कुनै निश्चित सरकारी संस्थाका प्राविधिहरुले सरकारी मापदण्डमा रहेर कुनै योजनाको ईष्टिमेट तयार गर्ने गर्दछ । सो ईस्टिमेटका आधारमा कुनै उपभोक्ता समिति वा ठेकेदार कम्पनिले भौतिक संरचनाहरुको निर्माण गर्नुपर्ने हुन्छ । तर यहाँ पछिल्लो समय उपभोक्ता समितिमा कार्यकर्ताको लाम र ठेकेदार कम्पनीले कमिशन दिनुपर्ने बाध्यताका कारण निर्माण हुने सम्पुर्ण योजनाहरुमा गुणस्तरहिन सामग्रीको प्रयोग गरिन्छ । त्यस्तो सामग्री प्रयोग गरि निर्माण गरिएका भौतिक संरचनाहरु केही समयसम्मको लागी मात्रै प्रभावकारी हुन्छन । स्थानिय तह आईसकेपछि गुणस्तरहिन विकास निर्माणका कार्यहरु भएका उदाहरणहरु कतिपय छन ।

जनप्रतिनिधिहरुको कार्यकर्ता पाल्ने मेसो र केही कर्मचारीहरुको लालचका कारण सरकारको करोडौ लगानी खेर जाने गर्दछ । नागरिकलाई विकास चाहिएको हून्छ । सामान्य नागरिकलाई कुनै पनि भौतिक संरचना निर्माणमा कस्तो किसिमको सामग्री आवश्यक पर्छ भन्ने कुराको ज्ञान हुदैन । त्यस्तो कुरा हेर्ने काम प्राविधिकको हो ।

maya metro hospital

त्यसैले प्राविधिकले पनि नागरिकको सहजताका लागी बनेका भौतिक संरचनाहरुको निर्माणलाई गुणस्तरिय बनाउने जिम्मेवारी लिनुपर्दछ । कसैको डर, धम्की र लोभ लालचमा नफसी नागरिकमैत्री कामका लागी तदारुकता देखाउने कार्य प्राविधिकहरुले गर्नुपर्दछ । गुणस्तरहिन सामग्री को प्रयोग गर्ने तथा मापदण्ड विपरित काम गर्ने उपभोक्ता समिति वा ठेकेदार कम्पनिहरुलाई भुक्तानी नदिने परिपाटी बने नयाँ बन्ने जस्तो सुकै भौतिक संरचनाहरु पनि गुणस्तरिय हुनेछन ।

त्यस्तो कार्यका लागी मुख्य जिम्मेवार व्यक्ति प्राविधिक नै भएकाले सबैभन्दा पहिलो जिम्मेवारी उसैको हुन जान्छ । हुन त प्राविधिकहरुलाई पनि केही दवावहरु आउन सक्छन । तर, प्राविधिक दवावमा पर्दा राज्यको लगानी खेर जाने र केही व्यक्तिको भरणपोषण हुने हुँदा यस्तो कार्यमा विचार पु¥याउन जरुरी छ । एक चोटी भौतिक पुर्वाधार निर्माण गर्दा वर्षाैसम्म प्रयोग गर्न सकिने खालको बनाउनका लागी गुणस्तरमा विशेष ध्यान दिन जरुरी छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.