रुकुममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

maya metro hospital

भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताए ।

joshi vada pasal 2

आफू घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उनले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.