शुक्लाफाँटाले चिकित्सा र इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति दिने

कञ्चनपुर – चिकित्सा र इन्जिनियरिङ विषय लिएर पढ्ने शुक्लाफाँटा नगरपालिकामा बसोवास गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ । आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीको छनोट गरी नगरपालिकाले चिकित्सा र इन्जिनियरिङ पढनेलाई छात्रवृत्ति दिने भएको हो ।
चालु आबदेखि चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

maya metro hospital

‘चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिनका लागि नगरसभाबाट निर्णय पारित भएको छ’ उनले भने, ‘नगरपालिका क्षेत्रभित्रका गरीब, आर्थिक रूपमा विपन्न र जेहेन्दार एक÷एक जना विद्यार्थीलाई इन्जिनियरिङ्ग र चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति दिन्छौँ ।’

joshi vada pasal 2

उनका अनुसार चिकित्सा शास्त्रका विद्यार्थीलाई रु १० लाख र इन्जिनियरिङ पढ्नेलाई रु ५ लाख छात्रवृत्ति दिइने भएको छ । छात्रवृत्ति उपलव्ध गराउनका लागि आवश्यक मापदण्ड सहितको निर्देशिका निर्माणका क्रममा रहेको उनले जानकारी दिए ।
‘छात्रवृत्ति वितरणका लागि निर्देशिका निर्माणको क्रममा रहेको छ’ उनले भने, ‘निर्देशिकामा निर्दिष्ट गरिएका मापदण्ड अनुसार छात्रबृत्ति वितरण गर्छौं ।’

नगरपालिकामा बसोवास गर्ने अति विपन्न परिवारको प्राविधिक शिक्षामा पहुँच पु¥याउनका लागि छात्रवृत्तिको कार्यक्रम ल्याइएको नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.