दार्चुलाको कटेलीगाड थुनियो

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका – ३ को मरफुल र कोर्थि बस्तीको बिचमा पर्ने कटेलिगाडमा पानी थुनिएको छ । कटेलिगाडको मुहान खुम्फुलमा वर्षाका कारण पहिरो गइ कटेलिगाडको पानी थुनिएर बाँध बनेको छ ।

खुम्फुल देखि घुइस्याडीसम्म पानी जम्मा भइ ताल बाँधिएकोले जुनसुकै बेला पनि ताल फुट्न सक्ने हुँदा पूर्व सतर्कता अपनाउन अपिहिमाल गाउँपालिकाले स्थानीयहरुलाई आग्रह गरेको छ ।

joshi vada pasal 2
bishal shuit house

अपिहिमालको वडा नम्बर ३ का मरफुल, कटेलिगाड बजार, बिसौँना चौर, खौला, राताभिटा, थुम्ति, सम्भाड, खिर्सा, , झुस्कु, चौँड, बिडि, भट्टाड र छबिस बस्तीका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिंह धामीले जानकारी दिए । बाँध जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

उक्त बाँध फुटेमा दार्चुलाको अपिहिमाल, मार्मा, शैल्यशिखर र बैतडीको डिलाशैनीका चमेलिया नदी तटीय क्षेत्रका नागरिकलाई समस्या हुन सक्ने बताइएको छ ।

maya metro hospital

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.