बलायर कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट बिर बहादुर बलायरले चुनाव लड्ने संकेत गरेका छन । डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका बलायर कैलाली – ४ बाट चुनाव लड्ने ईछ्या देखाएका हुन । सुरुदेखि डोटीबाट चुनाव लड्ने अडान राख्दै आएका बलायर व्याक भएपछि डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीबाट प्रेम आले लड्ने भएका छन । उनी यसअघिको निर्वाचनमा डोटीबाट विजयी भएका थिए ।

maya metro hospital

बलायरले कैलाली ४ मा उम्मेदवार बन्न लागेको बताएका छन । ‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।

joshi vada pasal 2

क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर कांग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.