अनशनरत डा. केसी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना

धनगढी – स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौंमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका छन । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार श्री एयरलाइन्सको विमानबाट काठमाडौं गएका हुन ।

maya metro hospital

उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।

joshi vada pasal 2

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।

जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.