डोटीमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

डोटी – डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल शिलगढी नगरपालिका–६ को कार्यालय र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता हुने छ । बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ ।

प्रतियोगितामा आठ टिमले भाग लिनेछन् । कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, भैरवप्रसाद गण र उद्योग वाणिज्य संघको टिम सहभागी हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए ।

joshi vada pasal 2
bishal shuit house

प्रतियोगितामा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । खेलाडीहरुकोका खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ ।

डोटी जिल्लमा पहिलो पटक आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिता दशैं तिहारको अवसर पारेर आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले बताए । मलासीले भने, ‘डोटीमा राम्रा खेलाडीहरु भएपनि खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार तथा संघीय सरकारबाट भएको छैन ।’

maya metro hospital

प्रतियोगिताका लागि दिपायल सिलगढी नगरपालिका–६ को कार्यालयले एक लाख र जिल्ला अस्पताल डोटीले ५० हजार सहयोग गर्ने छ भने अन्य ब्यवस्थापन भैरवप्रसाद गणले गर्ने भएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.