कैलाली कञ्चनपुरमा रोपिएको सर्जु धानमा रोग देखियो

कञ्चनपुर – कैलाली र कञ्चनपुरमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्जु ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्जु ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए ।

‘सर्जु ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ,’ उनले भने, ‘यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।’ उनले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताए ।
‘धान लगाउने बेला युरियासँग जिंक मिसावट गरेर हाल्नुपर्ने हुन्छ, यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि होे,’ उनले भने, ‘कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।’

joshi vada pasal 2
bishal shuit house

उनका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ । ‘औसतमा ५ प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ,’ उनले भने, ‘धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका तुलादत्त जोशीको ६ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उनले लगाएको सर्जु ५२ जातको बीउमा रोगको समस्या देखिएको बताए ।

maya metro hospital

‘अन्य जातको धानबालीमा समस्या छैन, यसमा मात्रै रोग देखिएको छ,’ उनले भने, ‘धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।’ उनले ५ बिघा जमिन बार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताए ।

‘सर्जु, सिन्की, सावित्र र मनसुली ४ जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जुमा पूरै सखाप छ,’ उनले भने, ‘विगतका वर्षमा यस्तो हुन्थेन, यो वर्ष मात्रै भयो ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.