सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्योल

धनगढी – सरकारले दसैं, तिहार र छठलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गते सुपथ मूल्य सञ्चालन गर्ने भने पनिसुदूरपश्चिम प्रदेशमा अझै सञ्चालनमा अन्योल देखिएको छ । सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि सुदूरपश्चिमका कुनै पनि ठाउँमा सञ्चालनमा नआएका साल्ट्र टेडिङ कर्पाेरेशन प्रदेश कार्यालय धनगढीका सहायक रामचन्द्र जोशीले जानकारी दिए ।

उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन, परिपत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुंगो लागेको छैन । माथिको पत्र पर्खिराखेका छौं ।’

joshi vada pasal 2
bishal shuit house

सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि पत्र आएको छैन । पत्रबिना पसल सञ्चालन गर्न नसकिने साल्ट ट्रेडिङको प्रदेश कार्यालयले जनाएको छ । पत्र आउनासाथ पसल सञ्चालनमा आउने जोशीको भनाई छ ।

विगत वर्षहरूमा दशैं‚ तिहार, छठलगायत चाडपर्व लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउन भने पनि सञ्चालनमा नआउँदा समस्या भएको छ ।

maya metro hospital

कर्पोरेशनले विगत वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.