कविता : के छैन ? हाम्रो संविधानमा !

के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको सम्बोधन छ,
जनताको जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको स्मरण छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

joshi vada pasal 2

देशको मुक्तिका खातिर बेपत्ता र पीडित नागरिकहरुको सम्मान छ,
सामन्ती, निरंकुश र केन्द्रीकृत राज्यव्यवस्थाले सिर्जना गरेका विभेद र उत्पीडनको अन्त्य छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

bishal shuit house

विविधताबिचको एकता, छुवाछूतको अन्त्य र आर्थिक समानताको परिकल्पना छ,
समानुपातिक, समावेशी र समतामूलक समाजको निर्माण गर्ने संकल्प छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

maya metro hospital

लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता र मौलिक अधिकारको सुनिश्चितता छ,
मानव अधिकार, वालिग मताधिकार र आवधिक निर्वाचनको सुनिश्चितता छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

पूर्ण प्रेस स्वतन्त्रता, निश्पक्ष न्यायपालिका र कानुनी राज्यको आभाष दिलाउने प्रतिबद्धता छ,
लोकतान्त्रिक आचरणले सजिएको समाजवादले राष्ट्र निर्माण गर्ने प्रतिबद्धता छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा छ,
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ ।
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

छ, नेपालको संविधानमा सबै प्रतिबद्धता, परिकल्पना र सम्बोधन छ,
तर, अब खाँचो छ त केवल त्यसको असल एवम् सफल कार्यान्वयनको छ !
के छैन ? हाम्रो संविधानमा !
त्यो छ, जो हाम्रो सधैं चाहामा थियोे ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.