आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

अत्तरिया – आज नेपालमा आठैं संबिधान दिवस मनाइँदै छ । आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

bishal shuit house

८ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । सुरुमा केही मधेसवादी दलहरुले संबिधानको बिरोध गरेका भएपनि हाल भने उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् ।

joshi vada pasal 2

२०६२/६३ को जनआन्दोलन पश्चात प्राप्त भएका उपलब्धिहरू नयाँ संविधानमा राखिएका छन् । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकार मार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.