भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

bishal shuit house

महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।

joshi vada pasal 2

यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो । साबिक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मि कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मिले निर्णायक गोल गरिन् ।

अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८- ० ले हराएर बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.