सर्वाधिक चर्चामा रहेको चलचित्र ‘प्रेम गीत–३’ को टोली धनगढीमा

धनगढी– नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टोली बिहीबार धनगढी पुगेको छ ।

maya metro hospital

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शनी मिति नजिकिएसँगै प्रचार–प्रसारका लागि टोली कैलालीको धनगढीमा पुगेको हो । असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचार–प्रसार गरेको छ । टोलीले धनगढीस्थित सुदूरपश्चिमाञ्चल कलेजमा चलचित्रको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको थियो ।

joshi vada pasal 2

सर्वाधिक चर्चामा रहेको चलचित्रका टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसँगै पत्रकार भेटघाट गरेको छ । चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.