लथालिंग, भताभुंग उद्यान हेर्न १० रुपैयाँ टिकट

महेश कुमार महर /अत्तरिया – महान सहिद भीमदत्त पन्त स्मृति उद्यान (पार्क) लथालिंग र भताभुंग भएको छ । कञ्चनपुरको महेन्द्रनगर बजारको मुख्य भागमा निर्मित पार्कको संरक्षण र सरसफाइमा ध्यान नदिदा लथालिंग र भताभुंग बनेको हो । भीमदत्त नगरपालिका आफैले संचालन गरिरहेको उक्त पार्कमा सबैजसो भौतिक पुर्वाधार भएपनि ति सबै बेकामे भएका छन । तर, नगरपालिकाले तिनको संरक्षण मर्मत र सरसफाइ गर्नुको सट्टा पार्क हेर्न आउनेबाट प्रति व्यक्ति १० रुपैयाँ असुलिरहेको छ ।

पार्कमा घुम्न आएका दिनेश भट्टले शुल्क तिरेर पार्कमा आएर पछुतो लागेको बताए । उनले पार्क रमणिय सुन्दर र सफा हुनुपर्नेमा जताजतै फोहोरै फोहोर भएको बताए । ‘पार्कमा पुरै झाडी उम्रिएको छ, हिड्ने बाटाहरुमा पनि घाँस उम्रिएको छ’ उनले भने ‘ब्यान्च पनि बस्न लायक छैनन् । पार्क हो की झाडी हो छुट्याउँनै मुस्किल छ ।’

joshi vada pasal 2

स्थानीय हरी जोशीले पार्कमा नगरपालिकाले चरम लापरवाही गरेको बताए । उनले सहित भीमदत्त पन्तको नाममा पार्क स्थापना गरेर नामकै अपमान भएको बताए । ‘कम्तिमा पार्कमा नियमित सरसफाई गरिदिए पनि हुन्थ्यो’ उनले भने ‘झाडी सफा गर्न र फोहर हटाउन कति नै बजेट लाग्थ्यो र ?’ उनले नगरपालिकाले पार्कमा डस्टबिन समेत नराखेको बताए ।

maya metro hospital

पार्क संचालनका लागि २०६८ सालमा तत्कालिन नगरपालिकाले रवी केसीलाई दश वर्षका लागि ठेक्कामा दिएको थियो । उनलाई सुरुमा वार्षिक ७० हजार नगरपालिकालाई तिर्ने भनिएपनि त्यसमा बार्षिक ५ प्रतिशत वृद्धि हुने सर्त राखिएको थियो । उनीसंगको सम्झौता सकिएपछि भने भने विगत २ बर्ष देखि भीमदत्त नगरपालिकाले आफै पार्क संचालन गर्दै आएको छ ।

bishal shuit house

नगरपालिकाका सूचना अधिकारी हरी सिह धामीले हाल नगरपालिकाले ३ जना कर्मचारी राखेर पार्क संचालन गरिरहेको बताए । उनले २ जना टिकट काट्ने र १ जना सरसफाइ कर्मचारी पार्कमा खटाईको बताए । उनका अनुसार हाल दैनिक पार्कमा करिब ५० जना अवलोकन गर्न आउने गरेका छन । जुन संख्या निकै कम हो ।

पार्क कुरुप बनेकै कारण पार्कमा घुम्न आउनेको संख्यामा कमी आएको स्थानीय नरेश बिकले बताए । उनले पार्कलाई सुधार गर्न सके महेन्द्रनगरकै आकर्षणको केन्द्र बन्न सक्ने बताए । पार्क भित्र बाल उद्यान, पोखरी, चमेना गृह, गोष्ठीका लागि हल, सरस्वतिको मन्दिर, पिकनिक स्थल, शौचालय, बस्ने बेच्न, हिड्ने फुटपाट, शौचालय निर्माण गरिएका भएपनि ति सबै लथालिंग र भताभुंग बनेका छन ।

पार्क भित्रका शौचालय प्रयोग नै गर्न नमिल्ने गरी दुर्गन्धित बनेका छन । पिकनिक स्थलमा जानै नाक खुम्च्याउने पर्ने अवस्था छ । त्यस्तै पोखरी सुकेको छ भने बाल उद्यानका सामान पनि यत्रतत्र फुटेको अवस्थामा छरिएका छन । पार्क भित्रको मन्दिर समेत दुर्गन्धको चपेटामा परेको छ । बस्ने बेच्न फोहर हुँदा बस्नै नसकिने अवस्थामा पुगेका छन ।  फुटपाट बाटोमा पनि कतै घाँस उम्रिएको छ भने कतै भत्किन थालेको छ ।

नगरपालिकाका सूचना अधिकारी धामीले भने चालु आर्थीक बर्षमा पार्कलाई व्यवस्थित गर्न १० लाख बजेट विनियोजन गरिएको बताए । उनले पार्कलाई व्यवस्थित बनाउन सबैको सहयोग र साथको आवश्यकता भएको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.