नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ ।

joshi vada pasal 2
bishal shuit house

आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो । शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ९० लाखको कारोबार हुँदा नबिल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । यस दिन कारोबार अवधिभर नेप्सेमा १८० कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्य बढेको छ ।

maya metro hospital

त्यस्तै ५९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावरको सेयरमूल्य १२ करोड ७३ लाखको कारोबार भएको छ ।

यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा सामलिङ पावरको सेयरमूल्य ३.४३ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ३.३८ प्रतिशतले घटेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.