सुदूरपश्चिममा एक सातामा ३५३ कोरोनास संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एक सातामा ३५३ कोरोना संक्रमित थपिएका छन । एक सातामा ४ हजार १८५ नमूनाको कोरोना जाँच गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

bishal shuit house

सो अवधिमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार एक सातामा निको हुनेको संख्या भने ३६ जना मात्रै रहेको हो ।

joshi vada pasal 2

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ८ जना र जिल्ला अस्पताल डडेल्धुरामा १ जना कोरोना संक्रमित उपचाररत रहेका छन भने हाल प्रदेशमा ३१२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिममा हाल सम्म पीसीआर र एन्टीजेन बिधिबाट गरेर ५ लाख ६२ हजार ९२८ नमूनाको कोरोना जाँच गरिसकिएको छ । जसमा ६० हजार २५२ नमूनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा ६३४ जनाले ज्यान गुमाइसकेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.