मृत गाईको चिरशान्तीका लागि पुजा

राज कुमार साउँद / अत्तरिया – गत शनिबार कैलालीको गोदावरी नगरपालिकामा ट्यांकरको ठक्करबाट एकमुष्ट ५ वटा छाडा चौपायाको मृत्यु भयो । राती करिब १० बजेतिर अत्तरियाको पहाडरोडमा ट्यांकरले २ गाई र ३ वटा गोरु मारेको थियो । बजारमा छोडिएका छाडा चौपायाहरु अरु दिन पनि मर्ने क्रम चलिरहने गर्दथ्यो तर सो दिन एकमुष्ट रुपमा ५ वटा छाडा चौपाया मरेपछि सबैको ध्यान उक्त घटना तिर मोडिएको छ ।

घटना घटेको दोस्रो दिन राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरी नगरकमिटिले विज्ञप्ती निकालेर घटनाको भत्र्सना ग¥यो भने अन्य विभिन्न सामाजिक व्यक्तित्वहरुले सो घटना निन्दनिय भएको आरोप लगाए ।

joshi vada pasal 2

शनिबार पनि सो घटनामा मरेका २ वटा गाईहरुको आत्मा शान्तीका लागी अत्तरियामा पुजा गरिएको छ । अत्तरिया एकता दिदीबहिनी समुहले मृत गाईहरुको आत्मा शान्तीको लागी भन्दै घटनाको एक हप्ता पछि बजारमा पुजा कार्यक्रम आयोजना गरेको हो ।

‘गौमाताको रक्षा गरौ, दुध खाएर सडकमा नछोडौ’ भन्ने नाराका साथ २० जनाको उपस्थितिमा बजारमा पुजा कार्यक्रम आयोजना गरिएको थियो । सरकार र पशु चौपाया बजारमा छोड्ने नागरिकलाई दबाव दिन पुजा कार्यक्रम आयोजना गरिएको समुहकी अध्यक्ष धना चोखालले बताईन् ।

maya metro hospital

उनले बजारमा छोडिएका छाडा चौपाया मृत्युको सबै भन्दा ठुलो भागेदार स्वयम् उक्त पशु चौपायको धनी भएको बताईन । ‘दिन्जेल सम्म दुध खान्छौ, जब दिन छोड्छ त्यसपछि बजारमा लगेर छोडिदिन्छौ’ उनले भनीन ‘बजारमा घट्ने यस्ता घटनाको जिम्मेवार सर्वप्रथम हामी हौ, हामिले आफ्ना पशु चौपायाहरुलाई बजारमा नछोडेको भए उनिहरुको यस्तो दर्दनाक मृत्यु हुने थिएन ।’

bishal shuit house

उनले शनिबार राती घटेको घटना धेरै दुःखद भएको बताईन । उनले गाईलाई हिन्दुधर्मावलम्बीहरुले भगवानको रुपमा पुज्ने भएकाले पनि आजसम्म सडक दुर्घटनामा मृत्यु भएका गाईहरुको आत्मा शान्तीको लागी पुजा गरिएको बताईन । उनले आगामी दिनमा गाईलाई दुध खाएर सडकमा छोड्ने परिपाटीको अन्त्य गर्न र सरकारलाई छाडा चौपायाको व्यवस्थापनका लागी दवाव दिन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताईन । उनले गाईलाई सडकमा ल्याएर नछोड्न सबैलाई आग्रह गरिन ।

स्थानिय लक्ष्मी भण्डारीले गाउँबाट ल्याएर दुध खाने, दुध दिन बन्द भएपछि सडकमा लगेर छोड्ने परिपाटीका कारण दिनानुदिन दुर्घटनाहरु घटिरहेका बताईन । उनले अहिलेको अवस्थामा सडक दुर्घटनाको मुख्य कारण नै छाडा चौपाया भएकाले यसको व्यवस्थापन तत्काल गरिनुपर्ने बताईन् ।

नगरपालिकाका कार्यवाहक प्रमुख गोपाल दत्त भट्टले सडक दुर्घटनामा मृत्यु भएका गाईहरुको आत्माको चिरशान्तीको लागी पुजा गरिनु एकदमै राम्रो भएको बताए । उनले गाईलाई भगवानको रुपमा पुँजिने भएपनि दुध दिन्जेलसम्म राख्ने र दुध दिन बन्द गरेपछि छाडा रुपमा छोडिदिने परिपाटीले समस्या निम्त्याएको बताए ।

‘अत्तरियाको सेरोफेरोमा छाडा चौपायाले समस्या निम्त्याएका छन, एकातिर सडक दुर्घटनाको जोखिम बढेको छ भने अर्काेतिर किसानहरुले लगाएको बालीको सत्यानाश भएको छ’ उनले भने ‘यसको समाधानका लागी नगरपालिका दिर्घकालिन रुपमा गुरुयोजना बनाएर अगाडी बढीरहेको छ ।’ उनले नगरमा रहेका छाडा चौपायाहरुको व्यवस्थापनका लागी विभिन्न संघसंस्थाहरुसँग समन्वय भैरहेको बताए ।

‘छाडा चौपायाको स्थायी समाधान कसरी हुन्छ भन्ने पक्षमा नगरपालिका लागीरहेको छ’ उनले भने ‘व्यवस्थीत रुपमा छाडा चौपायाको संरक्षण समेत हुने र त्यसबाट लाभ लिन सकिने गरी नगरपालिकाले योजना बनाईरहेको छ ।’ उनले आफ्ना पशु चौपायाहरुलाई सडकमा छोड्ने परिपाटीको अन्त्य गर्न सबै नगरबासीहरुलाई आग्रह गरे ।

विगतदेखी नै यसरी सडकमा छाडा चौपायाहरु सडक दुर्घटनाको सिकार हुन थालेका छन । सडकमा बेवारिसे रुपमा छोडिएका पशु चौपायाका कारण सडक दुर्घटनाको जोखिम समेत बढेको छ । वर्षाैदेखी छाडा चौपायाहरुको व्यवस्थापन र नियन्त्रणका लागी आवाज उठेपनि सडकमा बेवारिसे अवस्थामा मरेका छाडा चौपायाहरुको आत्मा शान्तीको लागी पुजा भने कसैले गरेको थिएन । अत्तरियामा पहिलो पटक महिलाहरुको समुहले उक्त कार्य गरेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.