पुर्व राज्यमन्त्री चोधरीद्धारा आफ्नो कार्यकालका योजनाको अनुगमन

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरीले आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाको अनुगम थालेकी छिन । उनले प्रदेश सरकारमा भएको बेला र प्रदेश सांसदको भूमिकामा अगाडी सारेका योजनाको अनुगमन थालेकी हुन ।

जसअन्तरगत पहिलो दिन शनिबार कैलालीको गोदावरी नगरपालिका – ८ मा सम्पन्न २ योजनाको अनुगमन गरेकी थिइन् । उनले आफ्नो ५ बर्षे कार्यकालमा आफ्नो पहलमा अगाडी बढाएका योजनाको अनुगम गर्ने योजना अन्तरगत पहिलो दिन सडक र क्लवको घेरबार अनुगमन गरेको बताईन् ।

joshi vada pasal 2
bishal shuit house

प्रदेश सरकारको १० लाख बजेटमा न्यू खुटिया चारपाते युवा क्लवको ३१० मिटर घेरबार निर्माण गरिएको थियो । १८ कट्टामा जाली सहितको घेरवारले क्लवको जग्गा सुरक्षित बनेको निर्माण समितिका अध्यक्ष कमल राज चौधरीले बताएका छन । पुर्व राज्यमन्त्री चौधरीले आफूले पहल गरेर विनियोजन गरिएको बजेटबाट राम्रो घेरबाट निर्माण गरेको देख्दा खुसी लागको बताईन् । उनले भनीन ‘१० लाख बजेटमा राम्रो घेरबार निर्माण भएको रहेछ । बजेटको सही सदुपयोग भएको पाउँदा खुसि लागेको छ ।’

maya metro hospital

सोही क्रममा उनले प्रदेश सरकारको निर्माण अगाडी बढाएको मजगाउ पिपल चौतारा – फकलपुर रिङ्गरोडको पनि अवलोकन गरेकी थिइन् ।

जुन रिङ्गरोडलाई प्रदेश सरकार नमूना सडकका रुपमा अगाडी सार्ने योजना बनाएको उनले बताईन् । सोही योजना अन्तरगत गत आर्थीक बर्षमा भने १० लाख बजेट विनियोजन गरेर पानी पिच गरिएको छ । पुर्वराज्यमन्त्री चौधरीले हाल पानी पिच गरिएको ३ सय मिटर सडकको थप काम अगाडी बढाउन ३ करोडको योजना बनाएर काम सुरु हुने चरणमा रहेको बताइन् ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.