अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा नेकपा एमालेको घर फर्क अभियान अन्तर्गत २२ जनाले पार्टी प्रवेश गरेका छन । शुक्रबार एक कार्यक्रमका बिच एमालेबाट अन्य पार्टीमा गएका २२ जना एमालेमा फर्किएका हुन । कृष्णपुर नगर कमिटीको आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रमा सबैभन्दा बढी एमाले छोडेर समाजवादीमा गएकाहरु छन ।

पार्टीमा फर्किएकाहरुलाई एमालेका केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य एवम् सुदुरपश्चिम प्रदेश सह–इन्चार्ज राजेन्द्र सिंह रावलले टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रम एमाले जिल्ला सचिवालय सदस्य एवम् कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तको अध्यक्षता सम्पन्न गरिएको थियो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, मोहन सिंह रावल, गोरख नेपाली, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, सदस्य रमिता राना बडायक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नगर अध्यक्ष गणेश सिंह ऐरी गरेका थिए ।

यी हुन पार्टी प्रवेश गर्नेहरु
पार्टी प्रवेश गरेकाहरु अधिकांश एकीकृत समाजवादीमा भएका भएपनि २ जना नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका छन । अन्य २० जना भने एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका हुन । एकीकृत समाजवादीबाट एमाले प्रवेश गर्नेमा उक्त पाटीमा जिल्ला, नगर र वडाको विभिन्न जिम्मेवारी पाएका नेता कार्यकर्ता रहेका छन ।
