छाडा चौपाया व्यवस्थापनका लागि योजना सहित बजेट विनियोजन गरौं

हाल देशभर छाडा पशु चौपायाको विगविगी बढ्दो छ । बजार क्षेत्रमा छोडिएका यस्ता चौपायाले बजारमा सवारी साधन संचालनमा समेत समस्या हुने गरेको छ भने सडक दुर्घटनाका घटनाहरु पनि घटिरहेका छन ।  सुदूरपश्चिममा पनि छाडा पशुचौपायाको समस्या विकराल छ । करिब ८/९ वर्षदेखि विकराल रुपमा फैलिएको यो समस्याको हालसम्म समाधान हुन सकेको छैन ।

jagaa add

सरकारले यसको नियन्त्रणका लागी प्रयास नगरेको हैन, तर उक्त प्रयासहरु असफल सावित भएका छन । वर्षेनि छाडा चौपाया नियन्त्रणका लागी भनेर सरकारले बजट छुट्याउदै आएको छ, तर समस्या समाधान हुनुको सट्टा बढ्दै गईरहेको छ ।

joshi vada pasal 2

सुदूरपश्चिममा प्रदेश सरकार र स्थानीय तहहरुले आ–आफ्नो तरिकाले छाडा चौपायाको समस्या सामाधानका लागि प्रयास गरे, तर ति प्रयासहरु पनि विफल भएका छन । छाडा चौपायाका कारण किसानहरुले पनि सास्ती खेप्नुपरेको छ । दिउँसोको समयमा राजमार्ग क्षेत्रमा बस्ने र रातीको समयमा किसानले लगाएको अन्न बालि खान थालेपछि छाडा चौपायाका कारण दोहोरो समस्या सृजना भएको छ ।

प्रदेश एवम् स्थानिय सरकारले छुट्याएको बजेटको सही सदुपयोग हुन नसक्दा छाडा चौपाया व्यवस्थापन र नियन्त्रणका लागी विनियोजीत गरिएको हालसम्मको बजेट बालुवामा पानी मिसाए सरह भएको छ । त्यसकारण पनि जनमानसमा सरकार प्रतिको नैराश्यता बढ्दै गएको छ ।

छाडा चौपाया नियन्त्रणको नाममा सरकारले छुट्याएको बजेट कुम्ल्याउने केही संघसंस्थाहरुको नीतिका कारण पनि यो समस्या विकराल बन्दै गएको हो । छाडा चौपायाको व्यवस्थापन र नियन्त्रण गर्ने कार्यका लागी सरकारसँग बजेट माग गर्ने तर व्यवस्थापनको पाटोलाई ध्यानमा नराख्ने हाम्रा संघसंस्थाहरुका कारण सम्पुर्ण नगरबासीहरुले सास्ती खेप्नुपरेको छ ।

तर विगतका कुरालाई कोट्याएर वर्तमानमा पनि त्यही प्रवृत्तिलाई दोहो¥याउनुभन्दा समस्या समाधानको विकल्प खोज्नतिर सरकारले ध्यान दिनुपर्दछ ।

स्थानिय तहको सुरुवाती सरकारले छाडा चौपाया नियन्त्रणको लागी ठोस योजना बनाएर अगाडी बढ्न नसकेपनि अहिलेको स्थानिय सरकारले त्यसको नियन्त्रणका लागी योजना बनाएर अगाडी बढ्नुपर्दछ । छाडा चौपाया नियन्त्रणका लागी हावाको भरमा बजेट विनियोजन गर्ने परिपाटीको अन्त्य गरी ठोस रुपमा दिर्घकालिन योजना बनाएर त्यसलाई प्रभावकारी रुपमा लागु गर्नुपर्दछ ।

बजेट विनियोजन गरेर मात्रै हुदैन भन्ने मानसिकता जनतामा परिसकेको अवस्था छ । त्यसैले निश्चित योजना बनाएर त्यसैको आधारमा योजनाको पुर्णरुपमा कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गरी जनताले अपेक्षा गरेअनुसारको कार्यका लागी स्थानिय सरकार अग्रसर हुनुपर्दछ ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...