बैतडीमा जडीबुटी निकासीबाट १२ लाख बढी राजस्व सङ्कलन

बैतडी – बैतडीमा जडीबुटी निकासीबाट मात्रै एक बर्षमा १२ लाख बढी राजश्व संकलन भएको छ । सामुदायिक वन र निजी वनबाट गरी ३ लाख ५६ हजार किलो जडीबुटी निकासी गर्दा उक्त राजश्व संकलन भएको हो ।

jagaa add

आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीबाट रिठ्ठा, पाखनवेद, टिमुर, अमला लगायतका जडीबुटी निकासी भएको छ ।

joshi vada pasal 2

बैतडीमा रिठ्ठा, अमला, टिमुर, गुच्चे च्याउ, चेजपत्ता, दालचिनी, सुगन्धवाल, पाँचऔँले, झ्याउलगायत ६५ भन्दा बढी जडीबुटी रहेको तथ्याङ्क छ । बैतडी जिल्लाको ग्वाल्लेक र सिगास संरक्षित वनमा बहुमूल्य जडीबुटी रहेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...