बैतडी – बैतडीमा एक युवक मृत अवस्थामा भेटिएका छन । सुर्नया गाउँपालिका – ७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा भेटिएका हुन ।


गोराखला टोल घर भएका कुँवर शुक्रबार बिहान घंराड भन्ने ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिएका छन ।

उनी बिहीवार स्थानीय चौथाली बजार जाने भनेर घर देखि निस्किए देखि वेपत्ता थिए । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
