बडेहामा रहेको शैलेश्वरी माविमा ‘माननिय सँग मनका कुरा’ कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा ‘माननिय सँग मनका कुरा’ कार्यक्रम आयोजना गरीएको छ । विद्यालयको आयोजनामा आयोजित कार्यक्रममा पुर्वभौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका हुन ।

jagaa add

विद्यार्थीहरुलाई आफ्नो क्षेत्रको माननियसँग आफुले देखेका, भोगेका कुराहरुका बारेमा विश्लेषण गराउनका लागी कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

joshi vada pasal 2

विद्यालयका शिक्षक धर्मदेव नौन्यालले चुनाव जितेर नेतृत्वमा गईसकेपछि यस क्षेत्रका के के कामहरु भए, के के कामहरुको अपेक्षा गरीएको थियो लगायतका विषयहरुका बारेमा पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चौधरीसँग विद्यार्थीहरुले सवाल जवाफ गरेको बताए ।

उनले विद्यार्थीहरुले पुर्वराज्यमन्त्री चौधरीको जिवनकथाको बारेमा पनि जानकारी पाएको बताए । ‘यस क्षेत्रका माननियको बारेमा विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको थियो’ उनले भने ‘कार्यक्रममार्फत विद्यार्थीहरुले मनमा लागेका विभिन्न विकाश निर्माणका कार्यदेखी लिएर अन्य सामाजिक कार्यहरुका बारेमा माननियज्यू सँग सवाल जवाफ गरेका थिए ।’

उनले उक्त कार्यक्रममार्फत नै नयाँ नियुक्त भएका विद्यालयका प्रधानाध्यापक विर सिँह महता र विद्यालयका अध्यक्ष खगराज पाठकलाई स्वागत समेत गरीएको बताए ।

विद्यालयका अध्यक्ष पाठकको सभापत्विमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चौधरी रहेकी थिईन भने विशिष्ठ अतिथिमा विद्यालयका प्रधानाध्यापक विर सिँह महता रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मदेव नौन्यालले गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...