शेयर बजार आज भारी गिरावट

शेयर बजार आज शुक्रवार पनि भारी गिरावट आएको छ । हिजो बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ ।

jagaa add

आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झ-यो । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।

joshi vada pasal 2

शेयर बजार उच्च अङ्कले घटेको दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...