चितुवाको छाला सहित अत्तरियाबाट ४ जना पक्राउ

अत्तरिया – चितुवाको छाला र हड्डी सहित अत्तरियाबाट ४ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु गोदावरी नगरपालिका–२ तेघरी नजिकबाट पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन ।

joshi vada pasal 2

उनीहरुको साथबाट चितुवाको टाउको देखी पुच्छरसम्मको छाला र २ केजी जति हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए ।

उनका अनुसार चितुवाको छाला ओसारपसार भैरहेको सूचनाका आधारमा आरईटी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु राति सवा १२ बजेतिर पक्राउ परेका हुन ।

उनीहरु सबैजना सु.प.प्र. ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा सवार थिए । डोटीको बुडरबाट अत्तरीयातर्फ आईरहेको जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागी चेकजाँच गर्ने क्रममा चितुवाको छाला र हड्डी बरामद भएको डिएसपी जोशीले बताए । पक्राउ परेका ओली जिपका चालक हुन ।

उनीहरु सबैलाई घटनाका बारेमा सोधपुछ भैरहेको बताईएको छ । उनीहरुले कैलालीको फल्टुडेमा बाघको छाला र हड्डी सहित पक्राउ परेका रावतद्वय चढेको बताएका छन । डिएसपी जोशीले पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाउने पहल भैरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.